२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघ्यो

बैतडी – जिल्लामा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख पाँच हजार ६५८ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै, पहिलो मात्रा लगाउनेको संख्या भने एक लाख ३९ हजार ९८५ रहेको छ।

पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५६८ जनाले पहिलो मात्रा र १२ हजार ७७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

यसैगरी, जिल्लाको पाटन नगरपालिकामा १५ हजार ३१८ जनाले पहिलो मात्रा र २१ हजार ६६७ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र ७ हजार ४१० जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र ८ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन्।

सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सुर्नया गाउँपालिकामा ९ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले पहिलो मात्रा र ४ हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ माघ ८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP