२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग

काठमाडौँ – विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्। अनेरास्ववियु, अखिल पाँचौँ, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, राष्ट्रिय विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी र राष्ट्रवादी विद्यार्थी सङ्गठनसहित सात विद्यार्थी सङ्गठनले आज विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन्।

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेको छ। “समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाइ आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने तथा कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटकपटक मुल्य वृद्धि गर्ने कदम प्रति विद्यार्थी सङ्गठनहरु खेद व्यक्त गर्न चाहन्छौँ” विज्ञप्तिमा उल्लेख छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP