२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार ७४८ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।

१सय ९९जनाको पीसीआरमार्फत र २ सय ७८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।आज संक्रमण पुष्टि भएकामध्ये १ सय ७२जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१ ,जुलाघाटबाट फर्केका ३ ,पुलघाट नाका दार्चुला ३ र जोलाजिबि नाका दार्चुलाबाट फर्केका २जनामा संक्रमण पुष्टि भएको हो।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ माघ ५

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP