२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार ७४८ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।

१सय ९९जनाको पीसीआरमार्फत र २ सय ७८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।आज संक्रमण पुष्टि भएकामध्ये १ सय ७२जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१ ,जुलाघाटबाट फर्केका ३ ,पुलघाट नाका दार्चुला ३ र जोलाजिबि नाका दार्चुलाबाट फर्केका २जनामा संक्रमण पुष्टि भएको हो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७८ माघ ५

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP