२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

बैतडीमा संक्रमित बढ्दै, नाकामै परीक्षण

बैतडी – पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन्। भारतमा संक्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टकाअनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ। उनले भने,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ।” हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगिसकेका छन्।

कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन्। यस्तै पाटन , पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात ,चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक जना छन्। सक्रिय संक्रमित सबै होम आइसोलेशनमा छन्।

यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शून्य छन्। यी पालिकामा हाल एकजना पनि सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ। सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ। नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो।

कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ। जिल्लाका हालसम्म संक्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP