२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

प्रधानमन्त्री कप क्रिकेटको फाइनल आज

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेटको फाइनल आज हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। फाइनल बिहान १० बजे सुरु हुनेछ।

एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन्। एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो। एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई हिजो ४७ रनले हराएको थियो।

यस्तै पुलिसले बागमती प्रदेशलाई हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो।

यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रतियोगिता यस पटक भने टी–ट्वान्टी फर्म्याटमा भएको हो।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP