
काठमाडौं – प्रमुख प्रतिपक्ष एमालेको अधिकांश जिल्ला अधिवेशनको परिमाण आएको छ। अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको एकल वर्चश्व देखिन्छ। २३ जिल्लामा निर्वाचन भएको छ भने बाँकी जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। जम्मा ६८ जिल्ला अधिवेशन भएकोे छ ।
६० जिल्ला र दुई गैरभौगोलिकको परिणाम आएको छ। चितवन, बझाङ, कालीकोट, दैलेख, बारा, पर्सा, सिन्धुपाल्चोक परिणाम आइसकेको छैन। मौसमका प्रतिकूलताले मनाङ, मस्ताङ, मुगु, हुम्ला, पूर्व रुकुम, बझाङ अधिवेशन हुन सकेको छैन। त्यस्तै, जिल्ला सचिवको मृत्यु भएकाले रोल्पाको अधिवेशन पनि रोकिएको छ। प्रदेश २ का धनुषा, महोत्तरी, रौटहट र सर्लाहीको अधिवेशन भएको छैन।
नेकपाको निरन्तरको रूपमा हेरिएको यो अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गरेर पूर्वमाओवादी केन्द्र र १० बुँदे पक्षधर केही जिल्लामा नेतृत्वमा आएका छन्। भोजपुरमा १० बुँदे पक्षधरमा शरण राई, बागलुङमा हिराबहादुर केसी, पर्वतमा राजु पौडेल र डोटीमा चक्र मल्ल निर्वाचित भएका छन्। त्यस्तै, पूर्वमाओवादी पक्षधरबाट स्याङ्जामा सूर्यप्रसाद गैरे जिल्ला नेतृत्वमा आएका छन्।
अध्यक्ष ओलीले पुस २३ का एकैपटक ६१ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए। तीमध्ये अधिकांशको परिमाण आइसकेको छ। प्रदेश १ का ताप्लेजुङ, इलाम, ओखलढुंगा र सुनसरीमा निर्वाचन भएको छ भने अरू सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। भोजपुरमा १० बुँदे पक्षधर शरण राई सर्वसम्मत भएका छन्। अरूमा संस्थापन पक्ष नै आएको छ।
प्रदेश २ को सप्तरी र सिरहाको मात्रै परिणाम आएको छ। यी दुवै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। बारा, पर्सा अधिवेशन भएपछि निर्वाचन प्रक्रिया स्थगित छ। बागमती प्रदेशको सिन्धुपाल्चोकबाहेकका सबै जिल्ला अधिवेशन सकिएको छ। तर, चितवन अधिवेशन भए पनि निर्वाचन प्रक्रिया रोकिएको छ। परिणाम आएकामध्ये अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
बागमती प्रदेशको दोलखा र सिन्धुलीमात्रै निर्वाचन भएको छ। रामेछापमा अध्यक्ष सर्वसम्मत भएका छन् भने बाँकी पदाधिकारी र खुल्ला सदस्यमा निर्वाचन भएको थियो।
गण्डकी प्रदेशको कास्की, बागलुङ र स्याङ्जामा निर्वाचन भएको छ। गण्डकीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षधरबीच प्रतिस्पर्धा भएको छन्। बागलुङमा भने १० बुँदे पक्षधर हिरा केसी निर्वाचित भएका छन्। अरू जिल्ला सर्वसम्मत नै नेतृत्व चयन भएको छ। सर्वसम्मतिमा आएका पर्वतमा राजु पौडेल १० बुँदे पक्षधर हुन्।
लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, प्युठान र कपिलवस्तुमा चुनावबाट नेतृत्व आएको छ। प्युठान भने वामदेव गौतम निकट विराजराज बिष्ट निर्वाचित भए। अरू जिल्ला सर्वसम्मत नेतृत्वमा आएका छन्। कर्णालीको सुर्खेत र जाजरकोटमा निर्वाचन भएको छ भने दैलेखमा प्रतिनिधिभन्दा बढी मतपत्र भएपछि भएको निर्वाचन पनि स्थगित हुन पुगेको छ। कालीकोट भने निर्वाचन भइरहेको छ।
सुदूरपश्चिमको चार जिल्लामा निर्वाचन भएको छ भने चार जिल्ला सर्वसम्मत नेतृत्व चयन भएको छ। अछाममा भएको निर्वाचन रावल पक्षधर प्रकाश शाहलाई हराउँदै चन्द्र बोहरा अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, कञ्चनपुरमा पूर्वमाओवादी पक्षका वीरबहादुर थापालाई हराउँदै सुरेन्द्र बिष्ट निर्वाचित भए।
दुईबाट गैरभौगोलिक विशेष जिल्लाको परिणाम आएको छ। मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ, पेसागत विशेषमा उमेश ढकाल नेतृत्वमा आएका छन्। लुम्बिनीको पश्चिम नवलपरासी, कपिलवस्तु र प्युठानमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। बाँकी जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...