
बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा न. ६ मा एकजनाको शव गाडेको अवस्थामा फेला परेको छ । सुर्नया ६को धुलिधार जंगलमा ओडारभित्र गाडेको अवस्थामा स्थानिय ३२ बर्षका डम्बर अवस्थीको शव फेला परेको हो । अवस्थी गत मंसीर १४ गतेदेखी घरैबाट हराइरहेका थिए । अवस्थीको शव सडेको अवस्थामा घर नजिकैको रहेको जंगलको गुफामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । करीब १५ फिट गहिरो गुफाबाट डम्मरको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रवक्ता ओझाले बताए ।
उनको हत्या आरोपमा प्रहरीले स्थानीय हरिश अवस्थीलाई नियन्त्रणमा लिएको छ । हरिष अवस्थीले एक साता अगाडी ६ जनाको समुहले आफुलाई अपहरण गरि बाकेको राप्ती नदि किनारमा पुर्याएको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।
त्यसपछि बाँके प्रहरीले उद्धारी गरि परिवारको जिम्मा लगाएको थियो । प्रहरीको प्रराम्भिक सोधपुछका क्रममा हरिष अवस्थीले हत्या गरेको स्वीकारेको प्रवक्ता ओझाले बताए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...