२०८३ असार ९, मंगलवार
June 23, 2026, Tuesday

धनगढीमा हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित

कैलाली – कैलालीको धनगढीमा यो वर्ष धनगढीमा आयोजना हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित  गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक लगाएपछि महोत्सव स्थगित गरिएको हो। बुधबार कैलाली उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै माघ १८ गतेदेखि हुने भनिएको महोत्सव स्थगित गरिएको जानकारी दिएको छ।

हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै माघ १८ गतेदेखि महोत्सव आयोजना गर्ने तयारी कैलाली उद्योग वाणिज्य संघले गरेको थियो।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष २८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP