२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

धनगढीमा हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित

कैलाली – कैलालीको धनगढीमा यो वर्ष धनगढीमा आयोजना हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित  गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक लगाएपछि महोत्सव स्थगित गरिएको हो। बुधबार कैलाली उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै माघ १८ गतेदेखि हुने भनिएको महोत्सव स्थगित गरिएको जानकारी दिएको छ।

हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन। तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै माघ १८ गतेदेखि महोत्सव आयोजना गर्ने तयारी कैलाली उद्योग वाणिज्य संघले गरेको थियो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७८ पुष २८

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP