२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

सुजङ्ग स्कुलमा न्यायिक बाह्य संवाद

डोटी- उच्च अदालत दिपायलले न्याय सम्बन्धी बाह्य संवाद कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार सुजङ्ग स्कुलमा आयोजीत न्यायिक बाह्य संवादमा न्यायिक सेवा, उजुरी, अपराध, बाल विवाह, साइबर अपराध, लागु औषध संहिता एवं कानुका विषयमा संवाद गरिएको हो ।

उच्च अदालत दिपायलका कायम मुकायम न्यायाधीश टेक नारायण कुवँरको प्रमुख आतिथ्यता आयोजित उक्त कार्यक्रममा सुजङ्ग स्कुलका विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको न्यायिक समन्वय समितिका सदस्य एवं स्कुलका संचालक नरशे बलायरले बताए ।

कायम मुकायम न्यायाधीश कुँवर, न्यायाधीश सागर विष्ट लगायतले कानुन र संहिताका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले अदालको सेवा तथा कानुनका विषयमा जिज्ञासाहरु राखेका थिए ।

समुदायमा अदालत कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको कायम मुकायम न्यायाधीश कुँवरले बताए । उनले युवा उमेरका विद्यार्थीहरुलाई न्याय क्षेत्रका विषयमा आधारभुत ज्ञान दिईएकोे बताए । यो सँगै अदालत र न्यायका विषयमा समुदायको बुझाईका विषयमा समेत आफुहरुले जानकारी लिएको जनाए ।

विशेष गरेर युवा उमेरका विद्यार्थीहरुलाई केन्द्रित गरेर लागु औषध, छुवाछुत तथा जातिय विभेद, यौंन तथा लैङ्गिक हिंसा, घरेलु हिंसा, बाल विवाह, साइबर अपराध र तिनको कानुनी व्यवस्थाका विषयमा जानकारी गराइएको थियो । बालबालिकाहरुलाई ललाई फकाई विदेश लग्ने गरेका घटनाका सम्बन्धमा पनि सचेत गराईएको थियो ।

अदालतहरुले दिने सेवा, कानुनि प्रक्रियाका विषयमा पनि जानकारी गराइएको न्यायाधीश विष्टले जानकारी दिए । हिंसा, अपराधबाट बच्न र हिंसा सहेर नबस्न समेत सचेत गराइएको उनले बताए ।

यस्ता कार्यक्रमले बालबालिका तथा समुदायका व्यक्तिहरु अपराध, हिंसा जस्ता घटना गर्न र गराउँनबाट सचेत रहने नागरिक समाजका अगुवा शंकर कठायतले बताए । कार्यक्रमले अन्यायमा परेका व्यक्तिहरुले न्यायका लागि बाटो देख्ने उनले बताए ।

आगामी दिनमा समुदायमा अदालत कार्यक्रम अन्तरगत अन्य क्षेत्रका व्यक्ति एवं समुदायमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने कायम मुकायम न्यायाधीश कुँवरले बताए ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ पुष १६

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP