२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

बैतडी – बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ।पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेको बताइन्छ।

उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली आएको हो।शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए।

दुई तरिकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने बताउँदै भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसेसमेन्ट तरिका र म्याग्नेसियम तरिकाबाट अध्ययन हुने जनाए।सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ। भूगर्भविद्हरुको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०७८ पुष ११

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP