२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

कैलालीका ४ विद्यार्थीले बनाए‘अल्फा कार’

कैलाली – कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका ४ जना विद्यार्थीले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार  निमार्ण गरेका छन्  । एक्सिस विद्याश्रको कक्षा १० मा अध्ययनरत ४ जना विद्यार्थीको सार टीमले ‘अल्फा’ नामक कार निर्माण गरेको हो। कोरोना महामारीको अवधिमा लागू भएको निषेधाज्ञाको समयमा एक्सिस विद्याश्रमका ती विद्यार्थीले ४ महिना लगाएर चार चक्के इलेक्ट्रिक कारको निर्माण गरेका हुन्।

१६ वर्ष भन्दा मुनिका ४ जना किशोर ऋषिकेश थापा, रोहीत ऐर, आदित्य जोशी र सक्षम रेग्मीले विद्युतबाट सञ्चालन हुने कार निर्माण गरेका हुन्।  एक लाख ५० हजारको लगानीमा विभिन्न सामग्रीहरु जुटाएर आफ्नै परिश्रमबाट गाडी निर्माण गरेको ऋषिकेश थापाले बताए। ‘हाम्रो यो समूह नयाँ काम गर्ने योजनामा मै हुन्छ। लकडाउनको बेला हामी फुर्सदमा पनि भयांै। त्यो बेला नै कार बनाउने योजना भयो। घर परिवार लगायतकाले सहयोग गरे’ उनले भने। कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ ।

४ जना किशोरले आफ्नै हातबाट निर्माण गरेको अल्फा नामक कारलाई आइतबार सार्वजनिक गरिएको छ। अहिले सार्वजनिक गरिएको कारले ७ क्विन्टल बोक्न सक्ने बताइएको छ। अन्य गाडी जस्तै देखिने अल्फा कारलाई पनि बजारमा ल्याउने तयारी सार टीमको छ। सबै निकायबाट सहयोग प्राप्त भए नयाँ सामान पनि उत्पादन गर्ने योजना सार टीमले बनाएको छ। पढाईसँगसगै आफ्नो क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू  यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष ११

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP