२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडी घर भएका प्रहरी नायब निरीक्षक अवस्थीमाथि खुकुरी प्रहार

बैतडी – बैतडी घर भएका प्रहरी नायब निरीक्षक (सइ) पदम अवस्थीमाथि खुकुरी प्रहार गरिएकोे छ। जिल्लाको सुर्नया गाउँपालिका-६ शंकरपुर घर भएका उनीमाथि साथीलाई खुकुरी प्रहार गरी भागेका रामेछाप लिखुका शनि तामाङलाई पक्राउ गर्न खोज्दा खुकुरी प्रहार गरिएको हो।

प्रहरी प्रभाग धर्मस्थली काठमाण्डौंमा कार्यरत उनको वीर अस्पालमा उपचार भईरहेको बताइएको छ। शनि तामाङलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। उनले तार्केश्वर नगरपालिका-८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हानेर भागेका थिए।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ पुष ११

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP