२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ। गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। 

अन्य कामको सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका बेला नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरिएको हो। उनले भने, “नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण सङ्कलन गर्ने गरेका हौँ, नागरिकता बनाएर घरमै पठाइदिन्छौँ।” जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकामा सात जना अपाङ्गता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ।  

यस्तै पञ्चेश्वर गाउँपालिकाका ३५, शिवनाथ गाउँपालिका छ र मेलौली नगरपालिकामा सात जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने जनाइएको छ। अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ पुष ६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP