२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परि एक पुरुषको मृत्यु , ११ घरमा क्षति

कञ्चनपुर – कञ्चनपुरमा जंगली हात्तीको  आक्रमणमा मा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जील्लाको लालझाडी गाउपालिका वडा नम्बर  ६ ढक्का   चानदेवका ४५ बर्षीय खगिराज राना रहेका छन् । शनिबार  राति  जंगली हात्तीको आक्रमणबाट घाइते भएका रानालाई  कैलालीको धनगढी स्थीत  सेती प्रादेसिक  अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी नायब  उपरीक्षक  चक्र शाहले जानकारी दिएका छन् ।

 यसैगरी  जंगली हात्तीको  बथानले गरेको क्षति बारे एकिन विवरण आइनसके पनि  करिब ११ वटा घरमा जंगली हात्तीले क्षति पुर्याएको  प्रहरी नायब उपरीक्षक  शाहले  बताएका छन् ।
कञ्चनपुरमा  मध्यवर्ती क्षेत्रका बासिन्दा सँधै  हात्तीको  त्रासमा बस्न बाध्य रहेका छन ।  यसअघि  हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमा मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाले ज्यान   गुमाएका थिए  । समयसमयमा जंगली हात्तिको बथान नै गाँउ पसेर घर भत्काउने तथा बालीनाली सखाप पार्दै आएका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ मंसिर २६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP