२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा विद्युत सेवा पूर्णरुपमा सुचारु हुन अझै एक हप्ता लाग्ने

डोटी- डोटीमा विद्युत सेवा पुर्ण रुपमा सञ्चालन हुन सकेको छैन । तीन दिनको लगातार वर्षा र बाढी पहिरोपछि बन्द भएको विद्युत सेवा पूर्णरुपमा सञ्चालन हुन अझै एक हप्ता लाग्ने भएको छ ।

आंशिक रुपमा जिल्ला सदरमुकाम तथा दिपायलमा सेवा सुचारु भए पनि ग्रामिण क्षेत्रहरुमा अझै सञ्चालनमा आएको छैन । बाढीका कारण ग्रामिण सडक अबरुद्ध हुनुका साथै विद्युतका पोल र तारमा ठुलो क्षति पुगेका कारण पूर्णरुपमा सुचारु गर्न नसकिएको डोटी वितरण केन्द्र दिपायलका प्रमुख राजेन्द्र लाल देवले बताए ।

जिल्लाका शिखर नगरपालिकाका अधिकांश वडाहरु, बोगटान गाउँपालिका, आदर्श गाउँपालिकाको तलारा, केआईसिंह गाउँपालिकाका अधिकांश वडाहरु, सायल गाउँपालिकाका अधिकांश वडाहरुमा विद्युत सेवा अझै सूचारु हुन सकेको छैन ।

जोरायल गाउँपालिकामा ९० प्रतिसत क्षेत्रमा सेवा सुचारु भएको छ भने दिपायल सिलगढी नगरपालिकाको बगलेग र तीखामा आज साँझ सम्म सेवा सुचारु हुने जनाईएको छ ।

पूर्वीचौकीका अधिकांश वडाहरुमा पनि विद्युत सेवा सूचारु हुन सकेको छैन । बडीकारको बिपिनगर क्षेत्रमा भने विद्युत सेवा सूचारु भएको छ । केआईसिंह गाउँपालिकाको केन्द्र वायल सम्म आज साँझ सम्म सेवा सुचारु हुने वितरण केन्द्रले जनाएको छ ।

बाढी पहिरोका कारण अधिकांश ठाउँमा प्रशारण लाइन नै परिवर्तन गर्नु पर्ने गरि तार र पोलमा ठुलो क्षति पुगेका कारण जिल्लामा पूर्णरुपमा सेवा सुचारु गर्न कम्तिमा एक हप्ता अझै लाग्ने वितरण केन्द्रका सुपरफाइजर टेक बहादुर खड्काले बताए ।

सेवा सुचारु गर्नका लागि हामी रातदिन खटिएका छौं,‘खड्काले शिखर समाचारसँग भने,‘विद्युतका पोल र तारमा ठुलो क्षति भएको छ । ग्रामिण सडक अवरुद्ध भएका कारण लाइन निर्माणका लागि समयमै जान सकिएको छैन । पूर्णरुपमा सूचारु हुन अझै एकहप्ता लाग्न सक्छ ।’

विद्युत सेवा सञ्चालन नहुँदा यहाँका स्थानीयहरु टेलीफोन तथा सञ्चार सेवाबाट समेत वञ्चित भएकाछन् ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ कार्तिक ७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP