२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा चाडवाड सुरक्षा योजना कार्यान्वयन : प्रजिअ बिष्ट

डोटी – प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले चाडबाडको समयका लागी चाडबाड लक्षित सुरक्षा योजना कर्यान्वयन गरेको बताएका छन ।जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुसँग आज भेटघाट गर्दै उनले यस्तो बताएका हुन।

प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबार जिल्लाको जिम्बेवारी सम्हालिसकेपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर सो योजनाको सुरुवात गरिएको उनले बताए ।

चाडबाडको तथा मेलापर्व मनाउदा कोरोनाको महामारी बिद्यमान जोखिमलाइ मध्यनजर गरेर मनाउन उहाले सबैलाइ आग्रह गर्नुभयो । मेलापर्ब मनाउदा भौतिक दुरी तथा मास्कको प्रयोग गरेर मनाउन पनि उनले सुझाए ।

जिल्लाको सार्वजनिक सेवा तथा सुरक्षा ब्यवस्थालाइ चुस्तदुरुस्त बनाउन सबैले हातेमालो गर्नुपर्ने उनले बताए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ आश्विन २२

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP