
डोटी- नेपाली कांग्रेस शिखर नगरपालिकाको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ९ गते सम्पन्न पालिका अधिवेशनबाट नवनिर्वाचित नगर समितिले विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।
शिखर नगपलिकमा बसेको बैठकबाट कांग्रेस नगर समितिको कार्यालय स्थापना गर्ने, दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने, आचार संहिता निर्माण तथा कार्यान्वयनका लागि कार्यदल गठन गर्ने , पदाधिकारी, सदस्य एबं क्षेत्रीय प्रतिनिधिबाट मासिक लेवी उठाउने लगायतका निर्णय गरेकाे नगर कमिटीका सचिव अर्जुन बलयरले शिखर समाचारलाई बताए ।
बैठकबाट यही असोज २१ गते कार्यालय उद्घाटन गर्ने र दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रमकाे आयोजना गर्ने नगर कमिटीले जनाएको छ।
बैठकबाट सबै वडाको प्रतिनिधित्व हुने गरी १२ सदस्यीय कार्य सम्पादन कार्यदल गठन गरिएको छ । निर्बाचित सदस्यहरु मध्येबाट हिरा देवी नाथलाई कोषाध्यक्षमा मनोनित गरिएको छ । नाथ शिखर नगरपालिका १० निवासी हुन् ।
त्यस्तै नगर कमिटीको भवन निर्माण गर्नका लागि सभापति हर्क बहादुर बोगटीको संयोजकत्व निर्माण समिति गठन गरिएको छ।
कांग्रेस क्षेत्रीय सभापति एबं शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीले काँग्रेसका हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार, वफादार र नैतिकवान हुनु पर्ने बताए । कांग्रेसको किल्लाको रूपमा स्थापित नगरलाई यथावत् राख्न नगर कार्यसमिति क्रियाशील हुने पर्ने विस्तारित संगठनलाई चलायमान बनाउनु पर्ने उनको भनाइ थियो ।
देशमा कम्युनिष्टको गलत प्रविर्ती र कार्यबारे सबै जनता ज्ञात रहेको बताउँदै उनले भने,’ काँग्रेसले कुनै पनि ठाउँमा कमि कमजोरि नगरी पार्टीका हरेक तहका संगठन विस्तारमा र जनसेवामा लाग्न जरुरी छ ।’ कांग्रेसका नेता तथा कार्यकर्ता एक जुट भएर पार्टीको हित र हरेक अभियानमा लागे कांग्रेससँग कसैले प्रतिश्पर्दा गर्न नसक्ने उनले बताए ।
कांग्रेस जिल्ला सदस्य टीका फुलाराले कांग्रेसका हरेक कार्यकर्ता क्षमतावान र नैतिकवान रहेको बताउँदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल हुने बताए ।
नेपाल महिला संघका क्षेत्रिय सभापती एवं शिखर नगरपालिका डोटीका उप-प्रमुख धौली देवी रावलले कांग्रेसका कार्यकर्ता र जनप्रतिनिधिले जनतालाई प्राथमिकतामा राखेर उनीहरूका सुखदुःखमा साथ दिइरहेको बताइन् । देशैभर जनअपेक्षा पनि कांग्रेसको एकता र नेतृत्व होस् भन्ने छ रावलले भनिन्,’पार्टीका कार्यकर्ता आ-आफ्नो ठाउँबाट एकबद्ध भएर उभिए अबको स्थानीय निर्वाचनमा नगरपालिका पुरै वडाहरूमा विजय प्राप्त गर्न सकिन्छ ।’
नगर कमिटीका सभापति बोगटीको सभापतित्वमा वसेको बैठकमा नवनिर्वाचित पदाधिकारी, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि लगायतको सहभागिता रहेको सचिव बलायरले बताए ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...