२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । आज चितवन पुगेका बादलले प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका हुन् ।

अब हुने चितवनको निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुने बताए । उनले माओवादी केन्द्रको अध्यक्षलाई समाजवाद र राष्ट्रियताविरोधी भएको समेत आरोप लगाए ।

माओवादी छोडेर एमालेमा गएका बादलले एमालेमा १० बुँदे कार्यान्वयन हुने अवस्था आएपनि आफू साविकै जिम्मेवारीमा रहने विश्वास व्यक्त गरेका छन् ।

उनले आफूले राष्ट्रियता, समाजवाद र समृद्धिको लाइन नछाडेको दाबी गर्दै प्रचण्ड दक्षिणपन्थी विचलनतिर लागेको र पार्टी लाइन छाडेर पलायन भएको आरोप लगाए ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७८ आश्विन ८

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP