२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सुजङ्ग अस्पतालमा आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा थपियो

डोटी– सुजङ्ग अस्पतालले स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै लगेको छ । सुदूरपश्चिमका पडाडी जिल्लाको एक मात्र ५० सैयाको उक्त सामुदायिक अस्पतालले पछिल्लो समय आधुनिक उपकरणहरु जडान गरेको हो ।

अस्पतालले नियमित दिदै आएको ल्याव सेवालाई आधुनिक उपकरण सहित थप गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । प्रयोगशालामा आधुनिक उपकरण जडान गरेसँगै सुगर, थाईराईड युरिक यसिड कोलेस्ट्रोल लगायत महिलाको बाँझोपन र पाठेघरका रोग सम्बन्धि अस्पतालमै जाँच हुने र तुरुन्तै रिपोर्ट आउने अस्पतालले जनाएको छ ।

यस अघि पहाडी जिल्लाहरुमा आधुनिक प्रयोगशाला नभएका कारण परिक्षणका लागि कैलाली जानु पर्ने बाध्यता रहेको थियो । सिम्पल परिक्षणका लागि कैलालीका प्रयोगशालामा पठाउदा रिपोर्ट आउन दुई हप्ता देखि एक महिना कुर्नुपर्ने हुन्थ्यो ।

नयाँ जडान गरिएका उपकरणले नियमित सेवा भन्दा थप सेवा दिन सकिने, बिरामीलाई चाँडै रिपोर्ट दिन सकिने, प्रभावकारी र गुणस्तरीय ल्याव सेवा प्रदान गर्न सकिने प्रशासन प्रमुख बलायरले बताए ।

प्रयोगशालामा अत्याधुनिक मेसिन (Culter Different  Analyzer ) द्वारा रगत दिशा पिसाव चेकजाँच गरिने छ । अस्पतालमा आधुनिक ईसिजि मसिन पनि थप गरिएको छ । आधुनिक उपकरण सहितको उक्त ल्याव सेवा पहाडी जिल्लाहरु हालसम्म उपलब्ध नरहेको अस्पतालको दाबी छ । आधुनिक उपकरण जडानसँगै होल बडी चेकअप (शरीरको पूर्ण जाँच) सेवा पनि सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले आधुनिक सिआर मसिन जडान गरेको छ । जसले दुर्बिन बिधिबाट हड्डीको एक्सरे गर्न सकिन्छ । कुल्टर एनालाइजर, रंगिन भिडियो एक्सरे, डिजिटल एक्सरेद्वारा चेकजाँच गरिदै आएको छ ।

अस्पतालले अहिले ओपिडी सेवा, गाइनो सेवा, चौबिसै घण्डा इमरजेन्सि सेवा, प्रशुती सेवा, सल्यक्रिया द्धारा प्रशुती सेवा, पाठेघरको शल्यक्रिया, एक्सरे सेवा, ल्याव सेवा, महिला बिशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालबाट बरिष्ठ प्रसुती तथा स्त्री रोग (निःसन्तान) बिषेशज्ञ एम.बि.बि.एस., एम.डी. डाक्टर पंकज प्रताप देवले बाँझोपन र महिलाको पाठेघर, स्तन सम्बन्धि रोगहरुको उपचार, अप्रेसन गर्दै आएकाछन् । महिलाको पाठेघर खसेको वा खसे जस्तो हुने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनी मार्ग दुख्ने, चिलाउने, सुख्खा हुने, पोल्ने सेतो पानी बग्ने, गन्ध आउने, विविरा आउने, स्तन दुख्ने, स्तनमा गाँठागुँठी भएको मासु पलाएको जस्ता समस्याको उपचार, अप्रेसनका साथै अप्रेसद्वारा सुत्केरी पनि गरिन्छ ।

एक वर्षको अवधिमा ३० जनाको ओभरिन सिस्टको, ५० जनाभन्दा बढीको पाठेघरको अप्रेसन गरिएको र ९५ जनालाई अप्रेसनमार्फत प्रसूती सेवा दिईएको डाक्टर पंकज प्रतापले बताए । योसँगै बाँझोपन भएका दर्जनौ जोडीहरुले उपचार पछि सन्तान प्राप्त गर्ने भएकाछन् ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ भाद्र १२

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP