
डोटी- पहिरोले खसालेको ढुंगा लागेर एक बालक घाइत भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैनका गोरख लुहारका ११ वर्षीय छोरा दिपक घाइते भएका हुन् ।
शनिबार बिहान गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका दिपकको टाउकोमा पहिरोसँगै आएको ढुङ्गा लागेर घाइते भएका हुन् ।
घाइते बालकलाई उपचारका लागि सुजंङ्ग अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए ।
घाइते बालकको टाउकोमा गम्भिर चोट लागी टाउको भित्रको हड्डी पुटेको सुजंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । हड्डी फुटेका कारण टाउको भित्र खुन बगिरहेकाले रिफर गरिएको उनले बताए ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...