२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

लैङ्गिक उत्तरदायी तथा मानव अधिकार मैत्री वजेट निर्माण गर्न स्थानीय तहलाइ सुझाव

डोटी- डोटी जिल्लामा क्रियासील सामाजीक संघ संस्थाले स्थानीय स्तरमा आगामी आर्थिक वर्ष २०७८/०७९ मा लैङ्गिक उत्तरदायी तथा मानव अधिकार मैत्री वजेट निर्माणका लागी नीतिगत ब्यवस्थ गर्न सुझाव दिएका छन् ।

जुरी नेपाल, नेपाल राष्ट्रिय दलीत समाज कल्याण संघ केन्द्रीय कार्यालय र जिल्ला शाखा डोटीको संयोजकत्वमा डोटी जिल्लामा क्रियासील सामाजीक संस्था सामुदायीक विकास केन्द्र, सोर्ष नेपाल, दलीत महिला संघ९फेडो०, ग्रामीण विकास समाजलगायातअन्य डेढ दर्जन संस्थाहरुलेउक्त सुझाव दिएका हुन् ।

सामाजीक संस्थाहरुले स्थानीय स्तरमा लैङगीक उत्तरदायी तथा मानव अधिकार मैत्री वजेट निर्माणका लागी जिल्लाको शिखर नगरपालीका, दिपायल सिलगढी नगरपालीका र वडीकेदार गाउपालीका लाइ सात बुदे सुझाव दियको नेपाल राष्ट्रिय दलीत समाज कल्याण संघ डोटीका सामाजीक विकास अधिकृत शंकर विश्वकर्माले जानकारि दिएका छन् ।

स्थानीय तह लाइ दिएका सुझावहरुमा स्वास्थ्य सेवामा सवैको पहुच सुनिश्चित गर्ने, आर्थीक विकास तथा सशक्तीकरणमा जोड दिने, शिक्षामा सवैको पहुच सुनिश्चित गर्न लगानी वढाउनु पर्ने, मानव अधिकारको क्षेत्रमा क्रियासील संघ संस्था मार्फत विकासका कार्यक्रम सञ्चालन गर्न वजेटको विनीयोजन गर्नु पर्ने, लैङ्गीक, जातीय तथा महिला माथी हुने हिसांको अन्त्य गर्नुका साथै न्यायमा पहुच अभिबृद्धी गर्ने र मितब्ययीरुपमा सार्वजनीक सेवा सञ्चालन गर्न तथा कार्यान्वयन योग्य वजेट तर्जुम गर्ने रहेका छन् ।

त्यस्तै, महिला, दलित महिला, हिंसापीडित महिला, एकल महिला, अपांगता भएका महिला, कोरोनाको कारण रोजगार गुमाएका, रोजगारी गुमाएर भारत तथा अन्य देशबाट घर फर्किएका महिलाहरुलाई सीपमुलक तालिम र रोजगार प्रदान गर्ने खालका कार्यक्रम समावेश गर्न अनुरोध गरिएको छ ।


यस्तै सुझावमा सामाजिक संघसंस्थाहरुले “कोरोना महामारीले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको र तेश्रो लहर समेत आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी स्थानीय तहको आगामी आर्थिक वर्षको बजेट, नीति र कार्यक्रममा जनताको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार सुनिश्चित हुने गरी व्यवस्था गर्न अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा भौतिक विकासमुखीभन्दा मानवीय विकासमुखी बजेट बनाउनु पर्ने, कोरोना महामारीका कारण रोजगारी गुमाएर भारतबाट फर्केका नेपालीहरुलाई सीपका आधारमा स्थानिय स्तरमा रोजगारमुलक कार्यक्रम संचालन गर्नुपर्ने, बाँझो खेत र कृषियोग्य जमिनमा मौसमी तथा नगदे बालीका लागि कृषि अनुदान तथा प्याकेज कार्यक्रम ल्याउनु पर्ने र एक वडा एक उत्पादन कार्यक्रम अघि बढाउन अनुरोध गरिएको नेपाल राष्ट्रिय दलीत समाज कल्याण संघ डोटीका अध्यक्ष कुमारसिं टेलरले बताए ।


त्यस्तै, महिला, दलित महिला, हिंसापीडित महिला, एकल महिला, अपांगता भएका महिला, कोरोनाको कारण रोजगार गुमाएका, रोजगारी गुमाएर भारत तथा अन्य देशबाट घर फर्किएका महिलाहरुलाई सीपमुलक तालिम र रोजगार प्रदान गर्ने खालका कार्यक्रम समावेश गर्न अनुरोध गरिएको छ ।

जुरी नेपाल र नेपाल रास्ट्रीय दलित समाज कल्याण संघले डोटी जिल्लाकातिन वटै स्थानीय तहमालैंगिक उत्तरदायी तथा समाबेशीस्थानीय सरकार प्रबर्दन गर्न बिभीन्न गतिविधिहरुसन्चाल गर्दै आएको छ साथै तिन वटै स्थानीय तहमा लैंगिक उत्तरदायी तथा समाबेशी नीति निर्माणमा पनि पहल गरिरहेको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ असार ४

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP