२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

द सेभेन नेपालद्वारा एक सय जना कोरोना प्रभावितका लागि सरसफाई झोला हस्तान्तरण

डोटी – आदर्श गाउँपालिकाका एक सय जना कोरोना प्रभावित व्यक्तिका लागि सरसफाई झोला हस्तान्तरण गरिएको छ । बिहिबार द सेभेन नेपाल नामक संस्थाले एक सय थान सरसफाई सामग्री भरिएका झोला हस्तानतरण गरेको हो ।

गाउँपालिकाको वडा नं. १ चाँसीका कोरोना संक्रमितका लागि उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष गांगी बलायरले बताए । चाँसी गाउँका मात्रै ९० जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । उनिहरुको स्वास्थ्यमा थप असर नपरोस् र भाइरसले थप क्षती नगरोस् भन्दै स्वास्थ्य लाभको कामना सहित सरसफाई झोला पठाइएको अध्यक्ष बलायरले बताए ।

स्वास्थ्य सुरक्षा एवं सरसफाइका सामग्री सहितको झोला अध्यक्ष बलायरले प्रमुख प्रशासकीय अधिकृत सुरत परियारलाई हस्तान्तरण गरेका हुन् ।

बिभिन्न दाताहरुको सहयोगमा संस्था मार्फत सहयोग गरेको र आगामी दिनमा खाद्यान्न राहतको समेत व्यवस्था गरिने संस्थाले जनाएको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ असार ३

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP