
डोटी – पहिरोमा पुरिएर डोटीका दुई बालकको मृत्यु भएको छ । बिहीबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिशा विष्टको मृत्युु भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गाउँ नजिकैको चिसापानी वनमा गएका उनिहरु पहिरोमा पुरिएका हुन् । पानी परिरहेको समयमा ओत लाग्न ओडारमा बसेका उनिहरुलाई माथिबाट आएको पहिरोले पुरेपछि निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पहिरोमा पुरिएका उनिहरुलाई प्रहरी र स्थानीयले निकालेका थिए । दुबै जनाको घटना स्थलमै निधन भएको प्रहरी प्रमुख मल्ले बताए ।
यस अघि बुधबार जिल्लाको केआईसिंह गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...