२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीकि लक्ष्मीलालाई जिउँदै आगो लगाइयो, स्वास्थ्य अवस्था गम्भिर

डोटी– डोटीमा एक महिलामाथि जिउँदै आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि २८ वर्षीय लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो ।

राती करिब १२ः३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । ओगोले जलेर गम्भिर घाइते भएकी उनको उपचार राजपुर स्थित सुजंङ्ग अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ । घाइतेकोे स्वास्थ्य अवस्था गम्भीर रहेको सुजंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको र अनुसन्धान गरीरहेको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ जेष्ठ १३

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP