२०८३ कार्तिक १०, सोमबार
October 26, 2026, Monday

प्रेस युनियनद्वारा कोभिड प्रभावित पत्रकारका लागि राहत कोष स्थापना

काठमाडौं- नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।

युनियनले आफ्नो ३१औं स्थापना दिवसको सन्दर्भमा विहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत् युनियनका अध्यक्ष बद्री सिग्देलले दश लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

‘कोभिडबाट धेरै जना साथीहरू संक्रमित हुनुभएको छ, धेरै पत्रकार साथीहरू विस्थापित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ, म सरकारलाई पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र उपचारका लागि विशेष कार्यक्रम ल्याउन माग गर्दछु,’ युनियनका अध्यक्ष सिग्देलले भने, ‘हामीले कांग्रेसका विभिन्न भातृसंघसंस्थाहरूको सहयोगमा दश लाख रुपैयाँको राहत कोष स्थापना गरेका छौं।’

कोषमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले एक लाख रुपैयाँ जम्मा गरेको अध्यक्ष सिग्देलले जानकारी दिए।

कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७८ जेष्ठ १३

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP