२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

‘प्लस ७५’ स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक, उत्पादक कम्पनीमा प्रहरीको छापा

काठमाण्डौं- बजारमा पाइने ‘प्लस ७५’ नामको स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक भएको पुष्टि भएको छ । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पादन गरेको पाइएपछि प्रहरीले तीनवटा कारखानामा छापा मारेर उक्त स्यानिटाइजर बरामद गरेको छ ।
बरामद स्यानिटाइजर प्रयोगशालामा परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भएको अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए । उनका अनुसार उत्पादन कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति पनि लिएकोे छैन ।

ललितपुरको सातदोबाटो तथा काठमाडौंको त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले सातदोबाटोस्थित मुख्य कारखाना र अन्य दुईवटा शाखामा छापा मारेको हो । कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको खापुङले बताए ।

छापा मार्ने क्रममा स्यानिटाइजर उत्पादन गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएको एसएसपी खापुङले बताए ।

हेर्नुहोस् अनलाईन खबरले छापेको समाचार

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ जेष्ठ ९

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP