२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

मृतक यादवमा कोरोना संक्रमण नभएको पुष्टि

भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ ।

वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । त्यही दिन दिउ“सोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको उनको उपचारकै क्रममा मंगलबार बिहान साढे ९ बजे निधन भएको थियो ।

मंगलबार साँझ उनको रिपोर्ट आएको छ । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ११

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP