डोटी – कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारी नियन्त्रण एबं रोकथामका लागि दारी ग्याङ डोटीले अभियानको सुरुवात गरेको छ । ग्याङले अक्सिजन कन्सन्ट्रेटर देखि स्वास्थ्य सामग्रीको जोहा गर्न आर्थिक संकलन अभियान सुरु गरेको छ ।
गत बुधबार देखि आर्थिक संकलन अभियान सुरु गरेको ग्याङले सोमबार सम्म आईपुग्दा ३ लाख भन्दा बढी संकलन गरेको दारी ग्याङका उप–संयोजक कुबेर खड्काले बताए ।
विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले अक्सिजन अभावकै कारण यहाँका कोरोना संक्रमितहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेका बेला अक्सिजन उत्पादन गर्न सक्ने कन्सन्ट्रेटर खरिका लागी पनि अभियान चलाईएको दारी ग्याङ डोटीका संयोजक अनुज राज जोशीले बताए । उनले डोटीका विभिन्न नगरक्षेत्रका देखि गाउँपालिका क्षेत्रका कोरोना संक्रमितहरुको सहज उपचारका लागी अभियान सञ्चालन गरी आफुहरुले त्यस्तै खाले १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने बताए ।
अभियानको सुरुवातमा दुई वटा अक्सिजन कन्सन्ट्रेटर जिल्ला अस्पताललाई उपलब्ध गराउने गरी अडर भैसकेको ग्याङले जनाएको छ । सहयोग जुट्दै गए जिल्लाका आठ ओटा स्थानीय तहलाई समेत उक्त कन्सन्ट्रेटर उपलब्ध राउने लक्ष रहेको उप–संयोजक खड्काले बताए । ग्याङले खरिद गर्न लागेको अक्सिजन कन्सन्ट्रेटरले एक मिनेटमा १० लिटर जती अक्सिजन उत्पादन गर्ने क्षमता रहेको उनले बताए ।
अक्सिजन कन्सन्ट्रेटरसँगै ग्याङले अभियानका क्रममा कोरोना संक्रमितको मनोबल बढाउन निरन्तर फोन सम्पर्क गर्ने, भेट्ने, स्वास्थ्य उपचारका बारेमा जानकारी गराउने, शक्ति जन्य खाना तथा फलफुलको व्यवस्था गर्ने, ग्रामिण क्षेत्रका बस्तीमा जनचेतना फैलाउने, स्वास्थ्य सामग्री उपलब्ध गराउने र रगत, अक्सिजनको अभाव हुन नदिने जनाएको छ ।
दारी ग्याङ डोटीले यस अघि पनि सरसफाई देखि रगत दान जस्ता महत्वपूर्ण कार्य गर्दै आएको छ । जिल्लामा रगत अभाव भएका दर्जनौं बिरामीहरुले ग्याङले चलाएको रगत दान अभियानबाट जीवन दान पाएका छन् ।
जिल्लामा अक्सिजन अभावका कारण कोरोना संक्रमितले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । अक्सिज अभाबका कारण अन्यत्र रिफर गरिएका बिरामीले समेत अन्त पनि अक्सिजन र वेड नपाउन ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।
महामारी नियन्त्रणको यो अभियानमा सहयोग गर्न सवै ब्यक्ति र संघ संस्थालाई अपिल गरेको छ । “करले होइन मनले सहयोग गरौं, “थोपा थोपा मिलेर सागर बन्छ” भन्ने नारा सहित थालनी गरिएको अभियानलाई सहयोग गर्न चाहने व्यक्तिले तपसिलको बैंक र ईसेवामा नगद गम्मा गर्न सकिने दारी ग्याङ डोटीले जनाएको छ ।
Esew ID 9863354947 kuber Khadka Esewa Id Anuj Raj Joshi: 9851241741 Kuber Khadka: A\C number : 07110388987017 kuber Khadka Civil bank branch Aadrash doti.. 9863354947 Ramesh Bahadur Saud Esewa Id: 9865625798
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...