२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

कोभिड संयोजक खड्काको पहलमा डोटी अस्पताललाई २२ सिलिन्डर अक्सिजन हस्तान्तरण

डोटी – नेपाली कांग्रेस डोटीका कोभिड सुचना संयोजक एबं बोलन्या थली डोटीका संयोजक जित बहादुर खड्काको पहलमा २२ सिलिन्डर अक्सिजन भित्रिएको छ । बोलन्या थलीसँगको समन्वयमा जिल्ला अस्पतालका १७ ठुला र पाँच स्याना गरी २२ वटा सिलिण्डर भरेर अस्पताललाई उपलब्ध गराइएको हो ।

नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य समेत रहेका खड्काले जिल्लामा अक्सिजनको चरम अभाव भएका बेला जिल्ला अस्पतालसँग भएका खाली सिलिण्डर लगेर नेपालगञ्जबाट अक्सिजन भरेर ल्याएका हुन् ।

खड्काले सोमबार जिल्ला अस्पताललाई भरिएका सिलिण्डरहरु हस्तान्तरण गरेका छन् । बोलन्या थलीले अक्सिजन भरेर जिल्ला सम्मको ढुवानी खर्च समेत बेहोरेको छ । कोरोना महामारीका कारण बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउन थालेपछि अभियानको थालनी गरिएको संयोजक खड्काले बताए ।

अस्पतालसँग भएका सिलिण्डरहरु खाली भए पछि भर्न समस्या भएको र अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । संयोजक खड्काले भरेर ल्याएका सिलिण्डरले राहत भए पनि अझै अक्सिजन अभाव रहेको जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशीले बताए । ‘जिल्लामा अक्सिजनको अभाव छ बिरामीहरु अक्सिजन लेवल एकदमै कम भए पछि आउने गरेकाछन् डाक्टर जोशीले, भने,’त्यस्तो अवस्थाका बिरामीहरुलाई प्रति घण्टा १० लिटर सम्म अक्सिजन आवस्यक पर्न जान्छ । दिनमा एक जना बिरामीलाई १५ वटा जति सिलिण्डर आवस्यक पर्न जान्छ । अक्सिजन अभावका कारण रिफर गर्नु पर्ने अवस्था छ ।’

सुदूरपश्चिममा कोरोना बिरामीहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउन थालेपछि बोलन्या थलीले सुदूरपश्चिम भरी प्राणका लागि वायु अभियानको थालनी गरेको छ । थलीले विभिन्न व्यक्तिहरुको सहयोगमा, फण्ट र सिलिण्डर संकलन गर्दै अक्सिजनसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको बालन्या थलि डोटीका उप संयोजक डिल्लीराज जोशीले बताए ।

Related News

यी हुन् सहकारी ठगीमा फरार २९ जना
यी हुन् सहकारी ठगीमा फरार २९ जना
  • २०७८ जेष्ठ ३

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...

TOP