२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

सेती, महाकाली र डडेल्धुरा अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

कैलाली- सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा भएको छ । धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरमा रहेको महाकाली अस्पताल र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालललाई सो बजेट निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७८ जेष्ठ २

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP