२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु

डोटी – डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

२२ गते अस्पतालमा भर्ना उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै निधन भएको हो । कञ्चनरुप नगरपालिका ८ सप्तरी घर भएका उनी रेडियो नेपाल दिपायल कार्यरत थिए ।

अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरकाे आबस्यकता परेपछि रिफर गरिएको थियो ।

यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि बुधबार जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ बैशाख २४

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP