२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

चेम्बर अफ कमर्सले सार्वजनिक बाटो मिचेर भवन निर्माण गर्न लागेको भन्दै स्थानीयको बिरोध

डोटी– डोटी चेम्बर अफ कमर्सले सार्वजनिक बाटो मिचेर भवन निर्माण गर्न लागेको भन्दै स्थानीयले बिरोध जनाएकाछन् । स्थानीय बासिन्दाले आफुहरुको हिड्नेबाटो र सार्वजनिक ऐलानी जग्गामा चेम्बर अफ कमर्सले कार्यालय भवन निर्माण गर्न लागेको भन्दै उक्त कार्य रोक्न वडा कार्यालयलाई अपिल समेत गरेकाछन् ।

डोटी चेम्बर अफ कमर्सले दिपायल सिलगढी नगरपालिका वडा नं. २ अन्तरगत सेती किनारमा सेती पुलबाट पुलबजार जानेबाटोमा भवन निर्माण गर्नका लागि काम शुरु गरेको छ । कमर्सका अध्यक्ष केबी साउँदले सत्ताको आड अनी पहुँचका आधारमा नगरपालिका र नापी कार्यालयको मिलेमतोमा सार्वजनिक जमिन मिच्न खोजेको स्थानीयको आरोप छ ।

वडा कार्यालयले सार्वजनिक स्थानमा बन्न लागेको भवन निर्माण कार्य रोक्न र छानविन गर्न जिल्ला प्रशासन र नापी कार्यालयलाई पत्राचार गरेको छ । वडाअध्यक्ष राजेन्द्र खड्काद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा डोटी चेम्बर अफ कमर्सले सार्वजकि जग्गामा भवन निर्माण गर्दा पुल बजार जाने शाखा सडक समेत बन्द भई आवतजावत गर्न समेत अफ्ठेरो भएकाले भवन निर्माण कार्य रोक्न अनुरोध गरेको छ ।

तर डोटी चेम्बर अफ कमर्सले भने आफ्नो नाममा रहेको नम्बरी जग्गामा भवन निर्माण गर्न लागेको दावी गरेको छ । डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले सो नम्बरी जमिन अरुबाट खरिद गरेर भवन निर्माणको कार्य अगाडी बढाएको र सार्वजनिक बाटो नमिचेको बताए ।

भवन निर्माण पूर्व डोटी चेम्बर अफ कमर्सले स्थानीय बासिन्दालाई जानकारी समेत नगराएको स्थानीयको गुनासो छ । सो जमिनमा रहेको पुरानो चलनचल्तीको बाटोलाई मिचेर भवन निर्माण कार्य अगाडी बढाए आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएकाछन् । सेती पुल हुँदै पुल बजार, माझी टोल, दिसिनपा वडा नं. २, ३ र दिल्पेश्वर मावि जानेबाटो अबरोध हुने गरी भवन निर्माण कार्य अगाडी बढाईएको स्थानीयको गुनासो छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख २१

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP