२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीका २७ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण देखियो


डोटी- जिल्ला अस्पताल डोटीको कोरोना परीक्षण प्रयोगशालामा २७ जनाको नमुना (स्वाब) परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुना मध्य १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्दव सिंह ठगुन्नाले बताए ।
यो संगै डोटीमा संक्रमितको कुल संख्या एक हजार पाँच सय ४२ पुगेको छ । संक्रमित मध्य एक हजार चार सय २३ जनाले कोरोना जितेका छन् भने एक सय १९ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित मध्ये एक सय ११ जना होम आईसोलेसनमा र ८ जनाको सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रवार सम्म डोटीमा पिसिआर विधिबाट १३ हजार तिन सय ८५ र एन्टिजेन विधिबाट एक हजार ३ सय ४० जनाको नमुना परीक्षण गरिएको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ बैशाख १७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP