डोटी– डोटी जेसिजले नव वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको उक्त कार्यक्रममा जेसिजले प्रकाशन गरेको भित्तेपात्रो पनिे विमोचन गरिएको छ ।
जिल्लाका जेसिजमा आबद्ध सदस्यहरु, जेसिजका पूर्वअध्यक्ष पदाधिकारीहरु, विभिन्न क्षेत्रमा संलग्न युवाहरु, विद्यर्थाी एबं पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डोटी क्याम्पसका क्याम्पस प्रमुख दिलानन्द जोशी प्रमुख अतिथि रहेको थिए । क्याम्पस प्रमुख जोशी, डोटी जेसिजका अध्यक्ष विजय ओझा लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख जोशीले जोस जागर भएका युवाहरुले नेतृत्व गर्ने जेसिजले सामाजिक, व्यवसायीक क्षेत्र र युवाहरुको क्षेमता अभिबृद्धिमा ठुलो योगदान दिएको बताए । उनले संस्थागत विकाससँगै जेसिजहरुले आफुजस्तै युवाहरुको समर्ग विकास र परिवर्तनका लागि भुमिका निर्वाह गर्नुपर्ने बताए ।
जेसिज अध्यक्ष ओझाले पहिलो पटक डोटी जेसिजले भित्तेपात्रो प्रकाशन गरेको बताए । भित्तेपात्रो प्रकाशन मात्रै नभएर सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउने उनले बताए । ओझाले विभिन्न क्षेत्रमा आबद्ध युवाहरुलाई समेटेर अबका दिनहरुमा जेसिजलाई अझै बलियो र क्रियाशिल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...