२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

छाउपडी कु. प्रथा विरूद्ध साइन नेपाल : तीन सय महिलाहरुलाई सरसफाइ सामग्री वितरण

सायल – मानवीय सेवामा अनेकौं प्रयास कैलाली (SHINE Nepal) ले छाउपडी कुप्रथा विरूद्ध सचेतना अभियान थालेको छ । संस्थाले सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरी १२ वटा स्थानीय तहमा केयर एण्ड रिलिफ परियोजना सञ्चालन गरेको छ । त्यसै अन्तर्गत छाउपडी कु प्रथा विरुद्ध सचेतना कार्यक्रम गरिएको हो ।

संस्थाले सहजीकरण गरिरहेको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत छाउपडी विरुद्ध सचेतना जगाउनका साथै महिलाहरुलाई सरसफाइका सामग्री वितरण गर्दै आएको छ ।

छाउपडी कु प्रथा विरुद्धकाे सचेतना अभियान सँगै संस्थाले फान नेपाल सँगको सहकार्यमा मानव अधिकार सम्बन्धी पनि सचेतना कार्यक्रम गर्दै आएको छ ।

यसै क्रममा आईतबार सायल गाउँपालिका – ६ दल्लेखमा छाउपडी र मानव अधिकारका विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सहभागी तीन सय महिलाहरुलाई सिनेटरी प्याड, ओड्ने सल तथा सरसफाइका सामग्री वितरण गरेको छ ।

फान नेपालका प्रतिनिधि खगेन्द्र वलीले छाउपडी कु प्रथाका कारण मानव अधिकार हनन भइरहेको बताए । महिलाहरुलाई महिनावारी भएको बेला विभेद गरिनु भनेको मानव अधिकारको हनन गर्नु हो, उनले भने,’ महिला भएकै कारण, दलित भएकै कारण, महिनावारी भएकै कारण विभेद गर्नेलाई कडा कानूनी कारवाहीको व्यवस्था छ ।’ यस्ता कु प्रथाको विरूद्ध महिलाहरु नै बढी सचेत र सजक हुन जरुरी रहेको उनको भनाइ थियो ।’

कार्यक्रममा साइन नेपालका कोषाध्यक्ष एबं स्वास्थ्यकर्मी मेघराज भट्टले महिनावारी, त्यसका असर, महिनावारी भएको बेला ख्याल गर्नु पर्ने कुरा लगायतका विषयमा जानकारी गराएका थिए ।

वडामा अझै पनि महिनावारी भएको बेला यहाँका महिलाहरु गोठमा गोरु बाख्रा सँगै सुत्ने गरेको वडाध्यक्ष
धनबहादुर साउदले बताए। यस्तो अवस्थामा यहाँका महिलाहरुलाई सचेतना गराउन अभियानको थालनी गरेकोमा आयोजक संस्थालाई धन्यबाद ज्ञापन गरे ।

साइन नेपालका अध्यक्ष भक्तराज जोशीले छाउपडी कु प्रथा भएकाले यसको सामना र प्रथाको अन्त्यका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताए । उनले सुदूरपश्चिम प्रदेशमा ठूलो समस्याका रूपमा रहेको यो प्रथाका कारण ग्रामीण भेगका महिलाहरुको स्वास्थ्य अवस्था संकटमा रहेको र ज्यान नै जोखिममा रहेकाले सचेतना अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा वितरण गरिएका सामग्री महिलाहरुको बानी पार्नका लागि, सचेत गराउँदै वितरण गरिएको उनको भनाई छ ।

अध्यक्ष जोशीले छाउ गोठ भन्दा पहिला छाउ प्रथा मान्ने मन् भत्काउन जरुरी रहेको बताए । उनले अंग, रङ्ग, जात, लिङ्गका कारण गरिने विभेद कानुन विपरित भएकाले विभेद नगर्न र अन्धविश्वास त्याग्न अनुरोध गरे । उनले विभेद मुक्त समाज निर्माण नहुन्जेल यस्ता कार्यक्रमहरू ल्याएर आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

साइन नेपालले डोटी लगाएत सुदूपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा आबस्यकता र माग अनुसार स्वास्थ्य, शिक्षा, कृषि, कु प्रथा, आपातकालीन, महामारीको अवस्था, विपत् जोखिम लगाएतका विषयमा काम गर्दै आएको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ चैत्र ८

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP