२०७९ असार १६, बिहीबार
June 30, 2022, Thursday
हेलिकप्टरबाट उद्धार गर्ने तयारी

डोटीमा मोटरसाइकल दुर्घटना, तीन जना प्रशिक्षार्थी प्रहरी जवान गम्भिर घाइते

डोटी- डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी गम्भिर घाइते भएकाछन् । तीन जना सवार म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दिपाय सिलगढी नगरपालिका– ४ सुनगणा (ट्राफिक कार्यालय नजिक) दुर्घटना भएको हो ।

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका २० वर्षीय दल बहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्का घाइते भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए ।

घाइते तीनै जनाको अवस्था गम्भिर रहेको छ । डोटीमा उपचार सम्भव नभएपछि उनिहरुलार्ई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लग्ने तयारी भैरहेको छ ।

Related News

किसान र कृषि नगर सरकारको पहिलो प्राथमिकता : मेयर बलायर
किसान र कृषि नगर सरकारको पहिलो प्राथमिकता : मेयर बलायर
  • २०७७ चैत्र ७

दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...

TOP