२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटीमा अव्यवस्थित पार्किङले समस्या

डोटी- जिल्ला सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।

वर्षौंदेखि पसलअगाडि सडकमै सवारीसाधन राखिँदा दिपायल बजारको ट्राफिक अस्तव्यस्त देखिँदै आएको स्थानीय व्यापारी खड्कविक्रम शाहीले बताए। ‘स्थानीय तहले व्यवस्थित पार्किङस्थल नबनाइदिँदा सडकमै गाडी रोक्दा ट्राफिक अव्यवस्थित हुने गरेको छ,’ उनले भने।

सडकमै अव्यवस्थित पार्किङ गरिँदा दुर्घटनाको भय निम्तने गरेको बताउँदै पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने। दिपायल सिलगढी नगरपालिकाले व्यवस्थित पार्किङ स्थल नबाउँदा बाहिरबाट आएका सवारीसाधन राख्न समस्या पर्ने गरेको उनले बताए।

छिल्ला वर्षहरूमा दीपायल बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको अर्का स्थानीय महेश कठायतले बताए। ‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुँदा सडकछेउमै पार्किङ गरिनुपर्ने बाध्यता सवारी चालकलाई छ,’ उनले भने। सडक किनारमै लहरै सवारीसाधन पार्किङ गरिँदा ठूला बस तथा सवारीसाधनलाई ओहोरदोहोर गर्न समस्या पर्ने गरेको हो।

व्यवस्थित पार्किङ स्थल नभएका कारण सवारीसाधन सडककिनारमै रोकिँदै आएको जिल्ला ट्राफिक कार्यालय डोटीका प्रमुख सई अशोक खड्काले बताए। ‘हामी सडक खाली गराउँदै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने, ‘अहिले सडक विस्तार भइरहेकाले पनि सडक साँघुरो देखिएको हो।

त्यसलाई पनि व्यवस्थित गर्न हामीले बसपार्कमा पार्किङ गरिदिन अनुरोध गर्दै आएका छौं।’ बसपार्क पनि सानो भएका कारण पार्किङका लागि लगिएका सवारीसाधन नअट्ने उनले बताए। ‘एक त बसपार्क पनि सानो छ, त्यसमा सबै सवारीसाधन एकैपटक पार्किङ गरिँदा नअट्न सक्छ,’ उनले भने, ‘यसका लागि स्थानीय तहले व्यवस्थित पार्किङ स्थल निर्माण गरिदिए दीपायल बजारको सडक किनारमै राखिने सवारीसाधन हटाउन सहज हुने थियो।’

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ फाल्गुन १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP