२०७८ बैशाख २६, आईतवार
May 9, 2021, Sunday

कांग्रेस नेता बलायरद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग

डोटी- नेपाली कांग्रेसका युवा नेता, दरुण दल डोटीका महाधिवेसन प्रतिनिधि ललित बलायरले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग गरेका हुन् । बलयारले तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ११ हजार एक सय एक रुपैंया सहयोग गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि एक लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले समाजका लागि दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको नेता बलायरले बताए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

Related News

महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्
महामारीमा खटिएका एम्बुलेन्स चालक बोगटी : जो बिरामी बोक्नुलाई धर्म ठान्छन्
  • २०७७ माघ १९

डोटी- शुक्रबार जिल्ला अस्पताल डोटीमा उपचार भैरहेका ३२ वर्षीय कोरोना संक्रमितको अवस्था नाजुक बन्यो । डाक्टरले उनलाई भेण्टिलेटरको आवस्यकता परेको...

डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते
डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते
  • २०७७ माघ १९

डोटी– डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप भएको छ । चेम्बरले आफ्नो नाममा रहेको जमिन माथिको चलनचल्तीको वर्षौं...

सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप
सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप
  • २०७७ माघ १९

कैलाली – गायक, सर्जक एबं मोडेल सौगात ओझाको हर्कत बाहिरिएको छ । लामो समय देखि डेउडा एबं लोक संगीतमा लागेका...

TOP