२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

शिखर नगरपालिकाको समन्वयमा २० जना महिलाहरुको निःशुल्क पाठेघरको अप्रेसन

डोटी- शिखर नगरपालिकाका २० जना महिलाहरुको निःशुल्क अप्रेसन हुने भएको छ । नगरपालिकाको समन्वयमा डडेल्धुरा अस्पतालमा पाठेघरका बिरामी महिलाहरुको आइतबारबाट अप्रेसन तथा उपचार हुने स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए ।

नगर बसमा २० जना बिरामी महिलाहरु लगेर नगर उप–प्रमुख धौली देवी रावल डडेल्धुरा अस्पताल पुगेकी छिन् । नगरले यस अघि शिवर सञ्चालन गरेर जटिल समस्या भएका अप्रेसन गर्नै पर्ने बिरामीहरु छनोट गरेको थियो । गत बर्ष पनि यसै गरी १६ जना पाठेघरको समस्या भएका महिलाहरुको अप्रेसन गरिएको थियो ।

अप्रेसन गर्न एकहप्ता जती लाग्ने अस्पताललाई उदृत गर्दै उप–प्रमुख रावलले बताईन् । उनले नगरका महिलाहरुमा बढी जस्तो पाठेघरको समस्या बढी देखिएको बताइन् । आर्थिक अभावका कारण बाहिर लगेर अप्रेस उपचार गर्न नसकेका महिलाहरु छनोट गरेर निःशुल्क अप्रेसन गर्ने निर्णय गरेको रावलले बताईन् ।

नगर प्रमुख सिताराम जोशीले नगरको विकासका लागि जनस्वास्थ्य स्वच्छ रहन आवस्यक रहेको बताए । नगरले जन स्वास्थ्यका सवालमा स्थापना कालदेखि नै प्राथमिकता दिएको बताए । नगर प्रमुख जोशीले नगरले पटक–पटक स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण, कोरोना रोकथाम, गरिव परिवारका बिरामीहरुका लागि सहुलियत सिफारिस तथा नगरबाट पनि उपचार खर्च प्रदान गर्दै आएको बताए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ माघ १८

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP