२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

खप्तड ‘हेली टुर’ सुरु : पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड घुमाइने

डोटी- सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा  ‘हेली टुर’ सुरु भएको हो ।

आज पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै २० जना खप्तडमा पुगेका छन् । खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काले हिउँदे यामको दृश्य कैद गर्न इच्छुकहरूका लागि ‘हेली टुर’ सुरु गरिएको जानकारी दिए ।

खड्काले हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताए । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याईएको छ । ‘हेली टुर प्याकेज’१८ गतेसम्म रहनेछ । ‘प्याकेजमा दुईतर्फी हेली टिकट हुन्छ’, खड्काले भने, ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ ।’ पाँच दिनमा ३ सय पर्यटकलाई खप्तड पु¥याउने योजना रहेको उनले उल्लेख गरे ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा ठूलाठूला पाटन र डाँडा छन् । खप्तड जैविक विविधताको अनुपम भण्डार पनि हो । 

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ माघ १४

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP