२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday

डोटीबाट ठुलो मात्रामा अवैध सुन र १७ लाख बढी नगद बरामद

फाइल तस्विर

डोटी- प्रहरीले डोटीबाट अवैध सुन र नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीका एक जनाले घरमा लुकाएर राखेको सुन र १७ लाख ४७ हजार नगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

नगद बोकेर तराई जाने क्रममा बृद्ध महिला काली भुललाई गोप्य सूचनाका आधारमा दिपायलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशीले बताए । सुनका विषयमा सोधपुछ गर्दा ति महिलाले घरमा लुकाएर राखेको भनेपछि उनको घरमा छापा मारिएको हो ।

नगदसँगै घरबाट केही मात्रामा सुन फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले सुन कति छ भन्ने विषयमा जोखेपछि मात्रै जानकारी हुने बताए । पैंसा र सुन कहाँबाट कसरी आएको भन्ने विषयमा अनुसनधानपछि मात्रै जानकारी हुने बताउँदै प्रहरी निरीक्षक जोशीले यसमा अरु ब्यक्तिहरुको पनि संलग्नता रहेको बताए ।

स्रोतका अनुसार भारतमा मजदुरी गर्दै आएका ब्यक्तिले भाद्र महिना तिर ठुलो मात्रामा सुन पठाएको थियो । तर सुन पठाउने ब्यक्ति गाउँमा छैनन् । ठुलो मात्रामा आएको सुन अन्य ब्यक्तिले पनि बाँडेर लिएको हुनसक्ने आशंका गरिएको छ । स्रोतका अनुसार भुलको घरबाट नगद सहित एक हजार एक सय ग्राम सुन फेला परेको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ माघ १४

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP