२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

डोटी जेसिजकाे अध्यक्षमा विजयराज ओझा

डोटी– डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसहमत चयन भएका छन् । डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट जेसिजको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षहरुमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएकाछन् ।

महासचिवमा गणेश कठायत, कोषाध्यक्षमा प्रवीण उपाध्याय चयन भएका छन् । कानूनी सल्लाहकारमा रोशन कठायतलाई चयन गरिएको छ । निवर्तमान अध्यक्ष निर्मला खत्री आइपिपीमा स्वतः चयन भएको छिन् ।

२०२० का अध्यक्ष निर्मला खत्रीको सभापतित्वमा भएको कार्यक्रममा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा डोटी जेसिजका पूर्व अध्यक्षहरु रघु कठायत, केशर कठायत, गणेश खड्का विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमममा बोल्दै प्रमुख अतिथि शाहीले सामाजिक र व्यावसायीक युवाहरुको जमात देखेर सामाजिक, व्यावसायीक र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले गाउँपालिका तथा व्यक्तिगत रूपमा जेसिजको अभियानलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष ओझाले डोटी जेसिजले युवाहरुको नेतृत्व विकास, व्यवसायीक विकास लगाएत सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७७ माघ ५

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP