२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते


डोटी – डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका – ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । ७ जना सवारी बोकेर शिखर नगरपालिका – १० बानेडुग्रीसैन बाट दिपायल आउँदै गरेको अटो मंगलबार राति ८ बजे तिर दुर्घटना भएको हो ।

घाइते चार जना मध्य दुई जना लाई जिल्लामा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ भने दुई जनाको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । अटोमा सवार दुई जना भने सकुसल छन् ।

जिल्ला प्रहरी कार्यालय दिपायलका अनुसार शिखर नगरपालिका – ३ का ५३ वर्षीय पदम जोराको घटनास्थल मै निधन भएको हो ।

घाइते हुनेमा शिखर नगरपालिका -३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दिपक जाेरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेको प्रहरीले जनाएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ पुष २९

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP