डोटी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले कम्युनिष्ट नेतृत्वको सरकार विरुद्ध सबै क्षेत्र, सबै व्यक्ति र जनताले प्रहार गर्न जरुरी रहेको बताए ।
शिखर नगरपालिका– १० मा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रतियोगितालाई समेत आन्दोलनका रुपमा रुपान्तरण गरी सरकारका गलत कदका विरुद्ध प्रहार गर्न आह्वान गरेका हुन् ।
उननले कम्युनिष्ट नेतृत्वको सरकारले जनातालाई झुटा आश्वासन बाँड्दै गैर संवैधानिक, गैर जिम्मेबारी, गैरकानुनी कार्यहरु मात्रै गरिरहेकोले त्यसका विरुद्ध खेलाडीहरुले समेत प्रहार गर्न आवश्यक रहेको बताएका हुन् । वर्तमान सरकारका पालामा नेपालको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र, विकास, व्यवसायिक क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र लगायत सबै क्षेत्रहरु तहसनहस भएको बताउँदै बलायरले आयोजित खेललाई समेत आन्दोलनका रुपमा लिनुपर्ने बताए ।
जनताले कम्युष्टिलाई विश्वास गरेका कारण देशका सबै तह र तप्का संकटमा परेको उनले बताए । “देशको राजनीति खतम भैसक्यो, देश कम्युनिष्टले सिद्ध्याई सक्यो उनले भने,‘देशको हर तह र तप्कालाई तहसनहस बनाई सक्यो । राष्ट्र धेरै कमजोर भैसक्यो । राष्ट्रियता कमजोर भैसक्यो , जनताका दिन अझै दुःखि हुने भैसके जब मुलुकमा संकट प¥यो तब कांग्रेसको आवश्यकता प¥यो ।”
खेल प्रतियोगिता पनि आन्दोलनको एउटा चरण भएको बताउँदै पूर्वमन्त्री बलायरले देशमा कम्युनिष्टले ठुलो तबाह गरेको बेला प्रतियोगितालाई समेत आन्दोलनको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए । देश निकै अफ्ठेरो अवस्थामा पुगेकोले देश रहने नरहने, संविधान रहने नरहने, जनता रहने नरहने भन्ने कुरा दोसाँदमा रहेकाले अब गाउँ बस्तीबाट देश जोगाउँन साथ दिनु पर्ने उनको भनाई छ ।
मैदानमा बल प्रहार गर्दा कम्युनिष्टले देश सिद्ध्याएको कुरा सम्झिदै खेलाडीले त्यसका विरुद्ध जोस तागत लगायर बल प्रहार गर्न जरुरी रहेको उनले बताए । उनले रेज मिलाउने र रेफ्रिले समेत सट प्रहार गर्ने खेलाडीलाई प्रोतसाहन र सहज वातावरण बनाउँदै सरकार विरुद्ध तिब्र गतिमा बल प्रहार गर्न मदत गर्नु पर्ने बताए । सरकार विरुद्ध सबै क्षेत्रबाट एकजुट भएर दरिलो तवरले देश बचाउँन आन्दोनमा होम्मिनु पर्ने उनको भनाई थियो ।
अनुशासन खेलाडीको गहना भएको बताउँदै बलायरले खेलको प्रदर्शन अनुशासनको दायरामा हुनुपर्ने बताए । अनुशासनमा नरहने खेलाडी खेलाडी नै हुन नसक्ने भएकाले खेलाडीहरु अनुशासनमा रहेर प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै उनले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...