२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

अछाममा बस दुर्घटना : एक जनाको मृत्यु : १७ घाइते

अछाम- अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने १७ जना घाइते भएका छन् । अछामबाट धनगढी जादै गरेको ना ४ ख ९९७२ नम्बरको बस जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते कुँवरलाई उपचारका लागि बयालपाटा अस्पताल लग्दै गर्दाे बाटोमै मृत्यु भएको हो । मृतकको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ ।

घाइतेको उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ भने उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७७ मंसिर १५

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP