२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

डडेल्धुराका करन पुन गरे आफ्नै श्रीमतीको हत्या

 डडेल्धुरा- डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेर उनले हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार माइतबाट दाजुभाईलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा श्रीमानले कुटपिट गरेको स्थानीयले बताएका छन् । 

कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरेको उनले बताए । 

शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ मंसिर २

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP