२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

मुख्यमन्त्री भट्टद्वारा नाकाको अवलोकन

मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाईनको अवलोकन गरेका छन् ।

आज बिहान कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौको संख्यामा भित्रिएका नेपालीहरु र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिए ।

यसैगरी महेन्द्रनगरमा कोरोना भाइरसको संक्रमितहरुको उपचारका लागि आईसिएच भवनमा  निर्माण गरिएको सय शैयाको क्वारेन्टाईनको तयारी अवस्थाका बारेमा जानकारी लिए ।

मुख्यमन्त्री भट्टसंगै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले गड्डाचौकी नाका र  क्वारेन्टाईनको तयारीको अवस्थाका बारेमा जानकारी लिए ।


Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७६ चैत्र ८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP