२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बैतडीमा किशोरी बलात्कारका ५ जना आरोपी कारागार चलान

बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  

पक्राउ परेका सिगास गाउँपालिका–८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। एक किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी स्रोतले जनाएको छ।

सिगास गाउँपालिकाकी–१७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको कुरा बाहिर आएको हो। पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।  

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ आश्विन १९

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP