२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

लागुऔषध मुद्धाका फरार अभियुक्त डडेल्धुराबाट पक्राउ

डडेल्धुरा- डडेल्धुरामा लागुऔषध मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन्। मंगलबार जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने बिर्खे बोहरा (बिर)लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत डडेल्धुराले बोहरालाई गत एक असोजमा लागुऔषध(चरेश)मुद्धामा एक वर्ष ६ महिना कैद र १० हजार रूपैयाँ जरिवाना सुनाएको थियो। तर, उनी फरार रहेका थिए। 

प्रहरी चौकी पोखराबाट प्रहरी नायव निरीक्षक शेरबहादुर बुढाएरको कमाण्डमा खटिएको टोलिले उनलाई अमरगढी नगरपालिका–६ भालुमारेबाट प्रकाउ गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।  

पक्राउ परेका बोहरालाई जिल्ला अदालत डडेल्धुरामा उपस्थित गराई कैद भुक्तानको लागि जिल्ला कारागारमा पठाइएको डीएसपी नेपालले बताए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP