२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday

संविधान दिवसको अवसरमा सुदूरपश्चिमका २२ जनालाई सम्मान

धनगढी– सरकारले संविधान दिवसको अवसरमा बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। देशभरीका ५ सय ४४ जनालाई सम्मानका लागि छनौट गरिएकोमा सुदूरपश्चिम प्रदेशका भने २२ जना परेका छन्।

सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, लेखक र समाजसेवी गरी २२ जनालाई सम्मान गरिने भएको हो। सुप्रबल जनसेवा श्री (तृतिया) बाट बाजुराका लेखक दयाल बहादुर शाही, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रदेश सचिव किशोर कुमार चौधरी र स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीलाई सम्मान गरिनेछ। 

प्रवल जनसेवा श्री (चतुर्थ) बाट बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मी, सामाजिक विकास मन्त्रालय उपसचिव झंकर विष्ट, सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयका तत्कालिन प्रहरी उपरिक्षक जनकराज पाण्डेय, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदमवहादुर विष्ट, सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशी, जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय बझाङका शाखा अधिकृत रामबहादुर सार्की, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य अधिकृत लालवहादुर धामी र स्वास्थ्य कार्यालय बझाङका सिनियर खोप अधिकृत भानुभक्त जोशीलाई प्रदान गरिनेछ। 

जनसेवा श्री (पञ्चम) बाट बेदकोट नगरपालिका –३ कञ्चनपुरका समाजसेवी नन्दसिंह सार्की, भीमदत्त नगरपालिकाका हेमविक्रम थापा, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का आयोजनाविज्ञ दिलिपराज भट्ट, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायव सुव्वा केशवदत्त भट्ट, जिल्ला हुलाक कार्यालय बाजुराका नायव सुव्वा जंगविर सुनार र जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजवहादुर खड्कालाई प्रादान गरिनेछ। 

समाज सेवा रत्नबाट भागेश्वर ४ डडेल्धुराका समाजसेवी प्रकाश वहादुर शाह, नेपाल प्रताप सुभूषणबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराका तत्कालिन प्रमुख तथा प्रहरी नायव उपरिक्ष दधिराम न्यौपाने र अतिपौरख भाष्करबाट कालीरक्षा गण (ई) बढैपुर ब्यारेक, कैलालीका प्युठ सुरेश बहादुर पुनलाई सम्मान गरिनेछ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुगाउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ। #दिनेश खबरबाट
 

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ आश्विन ३

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ आश्विन ३

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ आश्विन ३

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP